नयाँ दिल्ली- दक्षिण भारतमा मंगलबार एक डुंगा दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु भएको छ। तीन जनालाई भने सकुशल उद्धार गरिएको प्रहरी स्रोतले जनाएको छ।
मलापुराम जिल्लाको पोननानी कोले इलाका नजिकै रहेको जलक्षेत्रमा मंगलबार उक्त डुंगा दुर्घटना भएको जनाइएको छ। सो इलाका केरला प्रान्तको प्रान्तीय राजधानी त्रिवन्त्रमबाट ३ सय ५९ किलोमिटर उत्तरमा पर्छ।
बिदा मनाउन आफन्तको घरमा जान लागेका ती बालबालिका दुर्घटनामा परेका हुन्। मृतकहरुमा चार बालक र दुई बालिका छन्।
उद्धार गरिएकाहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ। स्थानीय सरकारले दुर्घटनाबारे अनुसन्धान थाल्न आदेश दिएको छ।
भारतमा क्षमताभन्दा बढी व्यक्ति सवार भएर डुंगामा यात्रा गर्ने गरिएका कारण बारम्बार यस्ता दुर्घटना हुने गरेको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।