मोरङ- कटहरी गाउँपालिका–३ बस्ने ३८ बर्षीय कोजुम मिया स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ १ लाखसहित पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट उनी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मियामाथि शंका लागि चेक गर्दा स्रोत नखुलेको ५ सय र २ हजार दरका उक्त भारतीय रुपैयाँ बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।