नयाँ दिल्ली- नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध छ।
राजधानी नयाँ दिल्ली र वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सु लागेको छ। हुस्सुको मात्र बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
बाक्लो हुस्सुका कारण बाटो नदेखिएकोले बिहान कम्तीमा पनि ३० वटा रेलसेवा अवरुद्ध भएको छ। नयाँ दिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको छ। मौसम विज्ञान विभागले बुधबार दिउँसोको तापक्रम बढीमा २८ डिग्री र न्युनतम ७ डिग्री सेल्सियस रहने अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।