राजविराज- सप्तरीको बाढी प्रभावित क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि युनिसेफले ५ लाख रुपैयाँ वितरण गरेको छ।
बालअधिकार तथा वातावरण समाज नेपाल (क्रेस नेपाल) को अगुवाइमा राजविराजमा एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई रकम वितरण गरिएको हो।
गत साउन अन्तिम साताको बाढीले घरवारविहीन भई कष्टकर जीवन बिताउन बाध्य बाढिपीडित परिवारका सय जना बालबालिकालाई जनही ५ हजारका दरले नगद सहयोग गरीएको क्रेस नेपालका अध्यक्ष उपेन्द्र साहले जानकारी दिए।
तिलाठी, कोइलाडी, तिरहुत, हनुमाननगर, भारदह, सकरपुरा, मैनाकडेरी, रम्पुरामलहनीयाँ, लोहजरा, रुपनी, सुरुङ्गा, कञ्चनरुप, विष्णुपुर, छिन्नमस्ता, मधवापुर लगायतका स्थानका सर्वाधिक बाढी प्रभावित बालबालिकालाई छनोट गरी सहयोग रकम उपलब्ध गराइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।