काठमाडौं- भारतको प्रख्यात स्यानफोर्ट प्रि–स्कुल काठमाडौंमा पनि सञ्चालनमा आएको छ।
काठमाडौंको विशालनगर मार्गमा स्थापनाभएको स्यानफोर्ट प्रि–स्कुलको नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी पुस्कर कार्की, अभिनेत्री केकी अधिकारी र सैनफोर्ट स्कुल समूहका प्रबन्धनिर्देशक एस के राठौरले गरेका छन्।
निर्देशक राठौरले स्कुलमार्फत बेलायती अवधारणा अनुसार शिक्षा दिने बनाए।
भारतको उत्कृष्ट प्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्टले बालबालिकाको समग्र विकासका लागि योगदान पुर्याउँदै आएको छ। नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि स्थापना गरिएको हो।
स्यानफोर्ट प्रि–स्कुलका कक्षाकोठाहरु रंगीन क्रियाकलाप केन्द्रित छन्। स्मार्ट लर्निङ सिस्टम तथा खेलौना सम्बन्धी आधुनिक उपकरणले भरिपूर्ण भएका बालबालिकाको रुचिमा वृद्धि हुने राठौरले बताए।
स्यानफोर्ट स्कुल समूहअन्तर्गत भारत, बंगलादेश र नेपाल सहित १५० भन्दा बढी ठाउँमा नेटवर्क रहेको छ।
विशालनगर मार्गस्थित स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट फ्रेन्चाइज निर्देशकहरु विनोद श्रेष्ठ र सागर प्रजापतिले यस स्कुलमार्फत गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।