काठमाडौं- केही दिनयता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ।
पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। 'पश्चिमी वायुको सामान्य प्रभावले नै पश्चिमका एक-दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ,' उनले भनिन्, 'यसको प्रभाव अझै बढ्ने देखिएको छ।'
मौसम प्रतिकूलकै कारण तराईमा शीतलहर छ। हुस्सुका कारण केही विमानस्थलबाट काठमाडौँ उडान प्रभावित बनेका छन्।
न्यूनतम तापक्रम स्थिर रहे पनि उपत्यकासहितका क्षेत्रमा चिसो बढेको उनले बताइन्। पुसको पहिलो साता काठमाडौँको न्यूनतम तापक्रम घटेर दुई डिग्री सेल्सियससम्म पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।