काठमाडौं- नेकपा एमालेका नेता जीवनराम श्रेष्ठले कालीमाटी-टंकेश्वर सडकखण्डलाई चाँडो कालोपत्र गरिने बताएका छन्।
स्थानीयवासी र सडक विभागका इञ्जिनियरसहित मंगलबार स्थलगत भ्रमण गरेपछि त्यस क्षेत्रमा भएका खाल्डाखुल्डीले आवतजावतमा समस्या भएको बताउँदै उनले कालोपत्रका लागि लागत अध्ययन गर्न इञ्जिनियरलाई निर्देशन दिए।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा पनि जोड दिए।
मुलुकमा रोजगार वृद्धि गर्न यस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै उनले स्थानीय तहमा युवा उद्यमशीलता तथा महिलाका लागि घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न विभिन्न आर्थिक परियोजनाको खाँचो औँल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।