• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी कारणले विवादको केन्द्रमा छन् अर्बपति राष्ट्रपति ट्रम्प

64x64
नेपाल लाइभ मंगलबार, पुस ११, २०७४  १६:५८
1140x725

यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उनको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उनलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन्। हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सारेका नीतिहरुकै घोषणा उनले गरे तर ती कुनै पनि विवादरहित भने बन्न सकेनन्। 

अघिल्ला वर्षहरुजस्तै अमेरिकामा सन् २०१७ मा पनि राजनीतिक र कूटनीतिक दाउपेचले निरन्तरता पायो। त्यसमा पनि विश्वको सबैभन्दा शक्तिशाली मानिएको अमेरिकी राष्ट्रपति चर्चाको शिखरमा रहनु स्वाभाविकै हो। अमेरिका सधैँजसो चर्चाको विषय नै बन्ने गरेको भए तापनि यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै क्रियाकलापले गर्दा अमेरिका थप विवाद र चर्चाको विषय बन्न पुग्यो। 

अर्बपति राष्ट्रपति 

अमेरिकाले आफ्नो इतिहासमा पहिलोपटक एकजना अर्बपति राष्ट्रपति पाएको कुराले पनि विश्वमा चर्चा भएको हो। रिपब्लिकन पार्टीबाट उम्मेदवार भएका अमेरिकाका नामी अर्बपति डोनाल्ड ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभयो । त्यसो त निर्वाचनअघि कैयौँ सर्वेक्षणहरुमा अमेरिकी पूर्व विदेशमन्त्रीसमेत रहेकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन भावी राष्ट्रपतिका रुपमा हेरिएको थियो। तर निर्वाचनको परिणाम भने त्यस्तो आएन। अमेरिकी अर्बपति व्यापारी ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएपछि यसले संसारको राजनीतिमा एकखालको नयाँ सञ्चार र चर्चाको विषय भएको थियो। सन् १९४६ जुन १४ मा जन्मिएका राष्ट्रपति डोनाल्ड ट्रम्प फोर्स म्यागाजिनका अनुसार अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुने समयमा सर्वाधिक धनीको सूचीमा थिए। 

उनी त्यस समयमा विश्वकै धनीको सूचीमा १५६औँ स्थानमा थिए। त्यसै पनि अमेरिकी निर्वाचनलाई विशेष रुचिका साथ हेर्ने विश्वले ट्रम्पका कारण झनै विश्वको विशेष ध्यान तानिएको थियो। त्यसपछि पनि उहाँ चर्चामा आउन छोड्नुभएको छैन। हुनत यो विवाद होइन, तर अर्बपति राष्ट्रपति हुनु भने विश्वकै चर्चाको विषय भने हो। 

अमेरिकी चुनावमा रुसको हात 

सन् २०१६ को नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले अमेरिकी मिडियाको सन् २०१७ को पनि सर्वाधिक समय र स्थान पाएको थियो। अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायले नै ठोकुवा गरेर प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुनेगरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले एउटा गुप्त साइबर अभियान नै चलाएको व्यक्तिगतरुपमा आदेश दिएको खुलासा गरेको थियो। 

यसबाट अमेरिकामा निकै लामो विवाद पनि उत्पन्न भयो। यो विवाद अमेरिकाको सिनेट समितिसम्म पनि पुग्यो र उक्त समितिमा राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई संसदीय सुनुवाइका लागि नै उभ्यायो। निर्वाचनका समयमा ट्रम्पलाई पुटिनको सूचना तथा प्रविधिको सञ्जालले सघाएको भनी गरिएको प्रचारको विरोधमा उनी उभिएको भए पनि एकजना रुसी वकिलसँग उनका जेठा छोराले नै त्यस समयमा उक्त अभियानको अगुवाइ गरेको तथ्य खुल्न आयो। यसले अमेरिकीहरुको प्रतिष्ठामा ठेस लाग्न पुगेको महसुस गरे। आफ्नो निर्वाचनमा आफ्नो परम्परागत विरोधी रही आएको रुसको प्रभाव देखिनु र त्यो प्रमाणित पनि हुनुले उनीहरुको प्रतिष्ठामा आँच आएको महसुस भएको थियो। यो विवादले अमेरिकामा सन् २०१७ भरि ठाउँ लिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मिडिया’ ट्रम्प वाकयुद्ध 

आफ्नै नीतिका कारण कहिले विवाद त कहिले चर्चामा आउने गरेका अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचनको समयमै अमेरिकी मिडियाको तारो बने। किनभने उनले निर्वाचन जित्ने अनुमानको समाचार लगभग अमेरिकाका कुनै पनि मिडियाले दिएका थिएनन्। अमेरिकालगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई सधैँ पराजयको श्रेणीमा राखेका थि । त्यसैले उनले अमेरिकी मिडियालाई नै फेक मिडियाको उपाधि दिए। 

अमेरिकी इतिहासमा नै पहिलोपटक मिडिया र राष्ट्रपतिको बीचमा यस्तो सम्बन्ध रहेको थिएन। तर ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा आएपछि अमेरिकी इतिहासमा नै मिडिया फेक भएको आरोप लाग्यो, जुन कुरा अमेरिकी मिडियाले अहिले पनि चुपचाप सहेका छन् तर विवादको अन्त्य भने भएको छैन। 

मुस्लिम देश पाएनन् प्रवेश 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अमेरिकी राष्ट्रपतीय चुनावको प्रमुख एजेण्डा आतङ्कवादविरुद्ध लड्ने प्रतिबद्धता रहेको थियो। ट्रम्पको कतिपय आक्रामक अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन बाहिरी विश्वमा पनि तरङ्ग ल्यायो। सबै मुस्लिम समुदायलाई आतङ्ककारीको कोटिमा राख्नु अराजकता निम्त्याउनु मात्र हो भन्ने तर्क गर्दै अमेरिकी र अरु विश्वका अधिकारवादीहरुले पनि मुस्लिम समुदायका विरुद्धमा ट्रम्पले दिएको अभिव्यक्तिको विरोध गरेको थियो। 

राष्ट्रपतिले आफ्नो कार्यभार सम्हालेको शुरुमै उनले विभिन्न पाँच कट्टर मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा नै प्रतिबन्ध लगाएपछि ‘एक विश्व एक गाउँ’ (वान वल्र्ड वान भिलेज)को अवधारणा अङ्गिकार भइरहेको अहिलेको विश्वमा कुनै देशले अर्को कुनै देशका नागरिकलाई बिनाकारण प्रवेश नदिनु अव्यावहारिक निर्णयबाहेक अरु केही पनि होइन भन्ने आवाज सर्वत्र उठेको थियो। राष्ट्रपतिको यस निर्णयको अमेरिका र विश्वभर आलोचना भएको थियो। ठूलाठूला अमेरिकी बहुराष्ट्रिय व्यापारिक घरानाले त यसको खुलेरै विरोध गरेका थिए। 

अमेरिकाभित्रै ठाउँठाउँमा यसका विरुद्ध हजारौँको सङ्ख्यामा जनप्रदर्शन, नाराबाजी र जुलुस गरिएको थियो भने विश्वका अरु देशका नेताहरुले पनि व्यापक विरोध गरेका छन्। विगतका दशकौँदेखि प्रजातन्त्र र मानवअधिकार रक्षाको विषयमा वकालत गर्दै यसका लागि अरबौँ डलर लगानीसमेत गर्दै आएको अमेरिकी संस्कार र प्रतिबद्धतालाई बेवास्ता गर्दै ट्रम्प प्रशासनले विपरीत दिशातर्फ पाइला अघि बढाउन खोजेको भनेर आलोचना भयो। 

यस्तै कारणले गर्दा हुनसक्छ अमेरिकी सङ्घीय अदालतले राष्ट्रपतिका कतिपय निर्णयलाई तत्काल कार्यान्वयन नगर्न, नगराउन धमाधम आदेश जारी गरेका छन्। मुस्लिम देशका नागरिक प्रवेश निषेधाज्ञाप्रति पनि शुरुमा पूर्व राष्ट्रपति ओबामाका पालामा नियुक्त भएका १६ राज्यका महान्यायाधिवक्ताले संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्रपतिका निर्णयप्रति आलोचना र खेद प्रकट गरे भने वाशिङ्टन राज्यका महान्यायाधिवक्ताको कार्यालयले यस्ता निर्णयविरुद्ध कानूनी उपचार गराउन सङ्घीय अदालतमा छुट्टै मुद्दा नै दायर ग¥यो। 

विभिन्न सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कानूनको पक्षमा पुनः ट्रम्प प्रशासन सर्वोच्च अदालत गयो। उनको त्यो निर्णयको पक्षमा दियो सर्वोच्च अदालतले फैसला। निकै विवाद भए पनि उहाँको यो एउटा निर्णयले मात्र अमेरिकी राष्ट्रपतिको कामलाई सदर गरिदियो। अन्यथा उनका अधिकांश काममाथि अदालतले प्रश्न उठाएकै छ। 

इजरायलमा एक्लियो अमेरिका 

इजरायलको राजधानी जेरुसेलमलाई मान्यता दिने अमेरिकी निर्णयले उसलाई विश्व समुदायबाट नराम्ररी एक्ल्याएको छ। राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा यो निर्णय सार्वजनिक गरेका थिए। तर त्यसलाई मुस्लिम राष्ट्रहरुले तत्कालै विरोध गरे र त्यसयता लगभग दिनहुँजसो विश्वका मुस्लिम देशहरुमा अमेरिकाको विरुद्धमा जुलुस निस्किन थाल्यो । यो मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ मा मतदान नै भयो । जसमा अमेरिकाको सो निर्णयका विपक्षमा विश्वले जनमत प्रकट ग¥यो । अमेरिकाको इतिहासमा यसरी अमेरिका विश्व राजनीतिमा एक्लिएको सायद यो नै पहिलोपटक हुनुपर्छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरूविरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको थियो। 

अरब र मुस्लिम देशहरूको माग बमोजिम सो प्रस्तावमा मतदान हुँदा अमेरिकाको पक्षमा अर्था्त जेरुसेलमलाई राजधानी मान्ने पक्षमा ९ मात्र र नमान्ने पक्षमा १२८ मुलुकले मतदान गरेका थिए । मतदानको समयमा ३५ वटा मुलुक भने अनुपस्थित रहेका थिए । यस परिणामले पनि राष्ट्रपति ट्रम्पलाई नै विवादास्पद बनाउने काम ग¥यो। 

कता बन्दैछ त पर्खाल ?

राष्ट्रपति ट्रम्पले चुनावअघि व्यक्त गरेका कतिपय प्रतिबद्धतालाई वास्तवमा प्रायः असम्भव नाराका रुपमा लिइएको थियो । यो तथ्यलाई स्वयं अमेरिकीले मात्र नभएर विश्वका अरु देशका राजनीतिज्ञ र जनताले पनि विश्लेषण गरिरहेका थिए । कुनै एक देशले खुल्ला सिमाना भएको आफ्नो अर्को छिमेकीका विरुद्धमा लामो सीमाक्षेत्रभर ठूलो पर्खाल नै लगाएर एक अर्काकोे देशमा आवतजावत प्रवेश नै गर्न नदिनेजस्ता निर्णय कार्यान्वयन गर्न अति कठिन विषय हो। 

राष्ट्रपति ट्रम्प भने निर्वाचन जितेलगत्तै अब मेक्सिकोको सीमामा पर्खाल ठड्याउने कामको थालनी गरिहाल्ने जस्तो गरी अभिव्यक्ति दिएका थिए। त्यसका लागि उनले प्रथमतः पर्खाल बनाउँदा लाग्ने लागत खर्च छिमेकी मेक्सिकोलाई नै व्यहोर्न लगाउने ट्रम्पको निर्णय रहेको थियो। मेक्सिकोबाट यसको व्यापक विरोध भयो । पर्खाल बनाउने ट्रम्पको निर्णय लागू हुन सकेन । अहिले अमेरिकीहरु व्यंग्यका रुपमा भन्ने गर्छन् कि– ‘कताबाट बन्दै छ पर्खाल?’ 

मेक्सिकोसँग खुल्ला सिमानाका कारण अमेरिकाले बेरोजगारी, आतङ्कवाद, लागू पदार्थको खुला ओसारपसार, मानव तस्करी, शृङ्खलाबद्ध हिंसा हत्याको नजिकको साक्षी, तस्कर समूहबीचको झै–झगडा, मारकाटजस्ता अनेकन अवाञ्छित पीडा यद्यपि भोग्नुपरेको तथ्य त छँदै नै छ। तर पनि यसको समाधान पर्खाल मात्र होइन र त्यो सम्भव पनि छैन भन्ने कुरामा सायद ट्रम्प आफैँ पनि सहमत भएजस्तो छ। त्यसैले पछिल्लो समयमा उहाँले यो पर्खाल निर्माणको प्रसंग कमैमात्र लिने गरेका छन्।

आप्रवासी र शरणार्थी 

राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानमा आप्रवासी र शरणार्थीप्रति अनुदार नीति अख्तियार गर्दै यस विषयमा जे जस्तो नीति लिन्छु भन्ने उद्घोष गर्नुभएको थियो, ह्वाइट हाउस प्रवेश गरेको दुईहप्ता हुन नपाउँदै उहाँले निर्णय लिनु नै भएको थियो । अष्टे«लियाबाट शरणार्थी स्वीकार गर्न तयार भएको अघिल्लो ओबामा प्रशासनको निर्णय पनि ट्रम्पले सिधै इन्कार गरिदिनुभएको थियो । यसका कारण अब अष्ट्रेलिया र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध र विभिन्न क्षेत्रको समझदारीमा पनि तिक्तता उत्पन्न हुनसक्ने देखिएको थियो। 
यही विषयलाई लिएर अष्ट्रेलियाका प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पबीच टेलिफोनमा चर्काचर्की नै परेको समाचार बाहिर आएको थियो । 

यस्ता गतिविधिले राज्य सञ्चालनमा राष्ट्रपतिलाई प्रत्यक्ष ठेस पुग्न गए तापनि उहाँले निर्वाचनका बेलामा बोलेका कुरालाई एकपछि अर्को गरी आफ्नै आत्मबल र मनोविज्ञानले कार्यान्वयनमा ल्याउन थालेपछि भने यसले संसारमा नै नयाँ तरङ्ग उत्पन्न गर्नुका साथै विश्वमा नयाँ राजनीतिक हलचल पनि पैदा गरेको महसुस हुन थालेको थियो। 

विश्वको एक शक्ति राष्ट्रका रुपमा रहेको अमेरिकाको हालसम्मको परिस्थितिलाई हेर्दा यो अमेरिकी मूलका रैथाने अमेरिकीको मात्र देश नभई यस देशलाई समग्र विश्वले एक सुरक्षित राजधानी र साझा भूमिकाका रुपमा प्रयोग गर्दै आएको पाइन्छ । यही भावनाअनुरुप अमेरिकी सरकारले बिनाशर्त विश्वभरिका नागरिकलाई संरक्षण दिँदै आएको पाइन्छ। अमेरिका यस प्रकार प्रयोग भइरहँदा अमेरिकी मूलका रैथाने नागरिकलाई असहज परिस्थिति उत्पन्न हुनु नै ट्रम्पको विजयको मूल कारण बनेको थियो । 

अनले आफू राष्ट्रपति भएमा आप्रवासीलाई अमेरिकामा स्थायी बसोबास तथा नागरिकता नदिने भनी गरेको घोषणा कुनै न कुनैरुपमा लागू गर्ने प्रयत्न गरेका छन्। तर त्यो सबै सम्भव भने हुन सकिरहेको छैन । (विभिन्न समाचार समितिको सहयोगमा / रासस) 

प्रकाशित मिति: मंगलबार, पुस ११, २०७४  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको उच्च माग रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा पनि नेपालद्वारा प्रस्तुत त... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्