काठमाडौं- धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ।
गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गल्छी गाउँपालिका ६ का २५ वर्षीया नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए।
दुर्घटनामा १० जना घाइते भएका छन्। स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि उनीहरुलाई काठमाडौं ल्याइँदैछ।
तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जिप माथिल्लो सडकबाट पल्टेर तल्लो सडकमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।