• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जब फेसबुकको फोटो देखाउँदै सञ्चारमन्त्री बाँस्कोटा समितिको बैठकमा रिसाए...

सूचना प्रविधि विधेयक हुबहु पारित हुनुपर्छ : नेकपा, फरक मत रहन्छ : कांग्रेस 
64x64
नेपाल लाइभ शुक्रबार, असार ६, २०७६  १३:१५
1140x725

काठमाडौं- विवादास्पद सूचना तथा प्रविधि विधेयकमाथि शुक्रबार विकास तथा प्रविधि समितिमा छलफल थियो। उपसमितिको प्रतिवेदनपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग छलफल गर्ने कार्यक्रम समितिले तय गरेको थियो।

निर्धारित कार्यक्रम अनुसार समितिको बैठक सुरु भयो। सञ्चार मन्त्रालयले तयार गरेको विधेयकका विवादित बुदाँहरुको विषयमा उपसमितिले छलफल नै नगरी ल्याएपछि त्यसमा स्पष्ट हुन समितिले सञ्चारमन्त्री बाँस्कोटालाई निम्त्याएको थियो। 

बैठकमा आफ्नो बोल्ने समय आएपछि सञ्चारमन्त्री बाँस्कोटाले विधेयकका बारेमा नबुझीकन हल्ला चलाएर बदनाम गर्न खोजिएको भन्दै बचाउ गरे। छलफलकै क्रममा सञ्चारमन्त्रीले विधेयकको औचित्य पुष्टि गर्न फेसबुकमा भएको एउटा फोटो देखाए। आफ्नो मोबाइल निकालेर उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर लेखिएको पोस्टमा ध्यानाकर्षण गराए। सामाजिक सञ्जालमा रहेको देशका दुई प्रमुख व्यक्तिको फोटोमा मदन भण्डारीको हत्याकाण्डबारे व्यंग्य गरिएको थियो। 

मोबाइलमा रहेको उक्त फोटोमा लेखिएको थियो, ‘हजुरलाई केपी ओली र म भएर षड्यन्त्रपूर्वक हत्या गरेका हौं। त्यही भएर केपी ओली प्रधानमन्त्री र म राष्ट्रपति भएको छु। हजुरले चिन्ता गर्नु पर्दैन। हजुरको अभावको पूर्ति केपी ओलीले गर्नुभएको छ। हजुरको षड्यन्त्रपूर्वक हत्या गरेकोमा मलाई माफ गर्नुहोला।’ 

सञ्चारमन्त्री बास्कोटाले गम्भीर हुँदै उक्त फोटो पढेर र सांसदहरुलाई उल्टै प्रतिप्रश्न तेर्स्याए, 'राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडिएको यसरी लेख्नु नैतिकता र आचरण हो र?’

यही कुरा नियन्त्रणका लागि सरकारले विधेयक पेस गरेको जिकिर गर्दै मन्त्री बाँस्कोटाले विधेयक हुबहु पारित हुनुपर्ने पक्षमा तर्क गरे। 

विधेयक रोक्न र संशोधन गर्न आवश्यक नभएको भन्दै उनले प्रश्न गरे, ‘हाम्रो सभ्यता र स्वतन्त्रता यही हो?’ 

प्रतिनिधिसभामा हाल विचाराधीन सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडाइ गर्ने व्यवस्था रहेको छ। सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुवै सजायको प्रावधान छ। सरकारले यो प्रावधान उचित रहेको तर्क गर्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेकपाका सांसद पक्षमा, कांग्रेस सांसद विपक्षमा 
विधेयकको विवादित व्यवस्था संशोधन हुनुपर्ने पक्षमा प्रतिपक्ष नेपाली कांग्रेसका सांसद देखिएका छन्। तर सत्ता पक्षका सांसदले भने यसलाई यही रुपमा पारित हुनुपर्ने माग गरेका छन्। 

प्रतिनिधिसभामा रहेका नेकपाका सांसदहरूले यो प्रावधानसहित कानुन बनाउनु आवश्यक भएको भन्दै समितिले उपसमितिको प्रतिवेदनसहित पारित हुनुपर्ने तर्क शुक्रबार समितिको बैठकमा गरे। 
कांग्रेस सांसदहरूले भने यो विधेयकमा भएको व्यवस्थाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने तर्क गरेका छन्।

बैठकमा कांग्रेस सांसदहरु जिपछिरिङ लामा, रंगमती शाही, मिनाक्षी झा र रामबहादुर बिष्ट लगायतले असन्तुष्टि जनाएका थिए। उनीहरुले समितिमा विवादित बुदाँमा फरक मत राखे।

कांग्रेस सांसदहरूले विधेयक अगाडि बढाउने भए फरक मतसहित अगाडि बढाइदिन सभापति कल्याणी खड्कासँग आग्रह गरे। खड्काले विधेयक सकेसम्म सहमतिमा टुंग्याउनु उचित हुने भन्दै अर्को बैठक राख्ने बताएपछि अर्को बैठकमा थप छलफल हुने भएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिमा फरक मत दर्जसमेत गराएको छ। सामाजिक सञ्जाल दर्ता गर्ने प्रावधान र प्रयोगकर्तालाई कस्ने प्रावधानमा कांग्रेस सांसद बहादुरसिंह लामाले फरक मत राखेका छन्। 

रंगमती शाहीले ‘छोराछोरीले मोबाइल चलाउँदा कहीँ थिचिदिएकै भरमा बाबुआमा जेल पर्ने अवस्था कानुनले सिर्जना गरेको टिप्पणी गरिन्। 

कांग्रेसकै सांसद रामबहादुर विष्टले मिडियामा विधेयकलाई लिएर असन्तुष्टि उत्पन्न भएको भन्दै  थप छलफल  हुनुपर्ने माग गरे। उनले ५ वर्ष जेल र १५ लाखको जरिवाना प्रावधानले त्रासको वातावरण बनाएको बताए। कांग्रेसकै अर्की सांसद मिनाक्षी झाले विधेयकमा सजायलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

नेकपाका सांसदहरूले भने विधेयकमाथि थप छलफल आवश्यक नभएको भन्दै अगाडि बढाउन माग गरे। 

नेकपा सांसद केदार सिग्देलले विधेयकले मौलिक हकलाई कुण्ठित नगर्ने भन्दै थप छलफल आवश्यक नभएको तर्क गरे। नेकपाकै टेकबहादुर बस्नेत, इन्दुकुमारी शर्मा र लीलानाथ श्रेष्ठले विधेयक समितिबाट पारित गरेर प्रतिनिधिसभा लैजान सुझाव दिए।

दुई महिना भइसक्यो किन पारित भएन : सञ्चारमन्त्री 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दबाब दिएका छन्। 

सरकारका प्रवक्ता समेत रहेका  मन्त्री बाँस्कोटाले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाए। समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको थियो। मन्त्री बाँस्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई अनावश्यक रुपमा जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई आग्रह गरे।

‘यो मेनस्ट्रिम मिडियासँग सम्बन्धित होइन। सामाजिक सञ्जाल भनेको व्यक्ति व्यक्तिबीचको सञ्चार हो। यो विषय व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको छ,’ बाँस्कोटाले भने, ‘तर होच्याउन, हैरानी गर्न, अपमानित गर्न छुट दिनुपर्छ भन्ने होइन।’ 

मन्त्री बाँस्कोटाले २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पुर्‍याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि व्यक्त गरे। बाँस्कोटाले ‘गालीगलौज र आलोचना, पृथक् देख्न नसक्ने छुट हुन नसक्ने’ तर्क गरे। 

‘सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन्,’ मन्त्री बास्कोटाले भने, ‘गलत चिजहरु छन् भने त्यसमा पनि काफी छलफल गरिएको छ, विज्ञहरुसँग समेत छलफल गरिएको सो विधयेक पारित गर्न ढिलाइ नहोस्।’ 

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका कारण पीडितहरुको संख्या बढदै गएपछि त्यसलाई न्यूनीकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएकाले छिटो टुंग्याउन आग्रह गरे।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्