काठमाडौं– सुख्खा पहिरोका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ।
बिहान ७ बजे उनीहरुको सकुशल उद्धार गरिएको रसुवाका डिएसपी भागेन्द्र पुरुष ढकालले नेपाल लाइभलाई जानकारी दिए। उद्धार गरिसकेपछि मेडिकल समेत जाँच गरिएको र कसैलाइै केही नभएको डिएस्पी ढकालले बताए।
रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजना स्थलमा रहेको सुरुङमा बिहीबार साँझ एकाएक आएको सुख्खा पहिरोमा कामदारहरु थुनिएका थिए।
सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ नागरिक थिए। उनीहरूको उद्धार हिजै गर्ने भनिए पनि रात परेकाले समस्या भएको भन्दै आज बिहान उद्धार गरिएको हो। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले उनीहरुको उद्दार गरेको हो ।
सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा उक्त घटनास्थल पर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।