बेनी, म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा निर्मित फूलडाँडादेखि औल जोड्ने दुई किलोमिटर सडक उद्घाटन गरेका छन्।
गाउँमा सडक पुगेपछि ६० घरपरिवारका ४ सयभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित भएका छन्। भण्डारीले स्थानीय चुनाव प्रचारका क्रममा आफूले जिते आफ्नै लगानीमा गाउँसम्म मोटरबाटो पुर्याउने प्रतिबद्धता गरेका थिए। सोही प्रतिबद्धताअनुसार व्यक्तिगतरुपमा रु चार लाख खर्च गरेर गाउँपालिका प्रमुख भण्डारीले गाउँमा मोटरबाटो निर्माण गरेका हुन्।
'उहाँले आफूले गरेको प्रतिबद्धता पूरा गर्नुभएको छ। गाउँमा सडक पुगेपछि स्थानीय खुसी भएका छन्,' स्थानीय मनकुमार शेरपुञ्जाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।