कञ्चनपुर- कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन्।
इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना भएको पाइएको हो। सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सात वटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले बताए।
उनका अनुसार बलात्कारका तीन, बहुविवाहको एक, सम्पत्ति क्षतिका आठ र अमानवीय व्यवहारको एक घटना भएको छ। डरलाग्दो रुपमा मानवअधिकार उल्लंघनका घटनामा घरेलु हिंसा घट्नुको साटो बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।