काठमाडौं– सुख्खा पहिरोका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गभित्र थुनिएका १५ कामदारको उद्धार कार्य जारी रहेको छ।
रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजना स्थलमा रहेको सुरुङमा बिहीबार साँझ एकाएक आएको सुख्खा पहिरोमा कामदारहरु थुनिएका थिए।
सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिए।
सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा उद्धार कार्य तीव्र रुपमा भइरहेको छ। घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।