काठमाडौं – सुख्खा पहिरोका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गभित्र थुनिएका १५ कामदारको उद्दार कार्य शुक्रबार बिहान मात्र हुने भएको छ।
रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजना स्थलमा रहेको सुरुङमा बिहीबार साँझ एकाएक आएको सुख्खा पहिरोमा ती कामदारहरु थुनिएका थिए।
प्रारम्भिक समाचारमा थुनिएका कामदारहरुको उद्दार कार्य सुरु भएको बताइए पनि शुक्रबार राती मात्र रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले ‘उद्दारका लागि सुरक्षाकर्मी जम्मा भइसकेको तर शुक्रबार बिहान मात्र उद्धार कार्यले तिब्रता लिने’ जानकारी दिएका छन्।
सुरुङभित्र ९ जना नेपाली र बाँकी चिनियाँ नागरिक रहेको बताइएको छ।
शुक्रबार अवेर रातीसम्म घटनास्थलमा झण्डै दुई दर्जन सुरक्षाकर्मी जम्मा भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।