काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार ६ गते शुक्रबार काठमाडौं उपत्यकाका ३ सहित ११ जिल्लामा आम शैक्षित हड्ताल गर्ने जनाएको छ।
पक्राउ परेका सबै कार्यकर्ता रिहा गर्न माग गर्दै सो पार्टीले शैक्षिक हडताल आह्वान गरेको हो।
काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा शैक्षिक हडताल गर्ने बताइएको छ।
सरकारले आफूहरुमाथि गैह्रन्यायिक गिरफ्तार गरेका स्थानमा त्यस विरुद्ध असार ६ गते शैक्षिक हड्ताल आह्वान गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी असार ७ गते दोस्रो चरणका आन्दोलन घोषणा गर्ने समेत सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि विभिन्न विद्यालय तथा क्याम्पसमा विरोध कार्यक्रम संचालन भएको पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।