इश्लामावाद- पाकिस्तानमा नियन्त्रणपछि मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौसेनाका अधिकारीले सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ।
पाकिस्तानविरुद्ध जासुसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ गरिए पनि उनलाई भारतको आग्रहमा मृत्यु दण्ड नदिई कारावास राखिएको छ। मानवीय भावनालाई ध्यानमा राखेर कैदीलाई उनका आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको विदेश मन्त्रालयले जनाएको छ। उनीहरुलाई सिसाबाट देखिने र माइक्रोफोनबाट सुनिनेगरी बोल्ने र भेट्ने व्यवस्था मन्त्रालयले गरेको थियो।
भेट्न र बोल्न आएका महिलाहरु भेट्नुअघि र पछि निकै चिन्तित र तनावमा देखिएको अधिकारीहरुले बताएका छन्। ती आमाले र श्रीमती कारावासको सजाय भोगिरहेका उनलाई भेटेपछि आफ्ना विमान मार्फत् भारत फर्किएका छन्।
बेलायतबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तानकाबीच लामो समयदेखि दुईदेशीय तीन वटा युद्ध भएका छन्। आणविक हतियार भएका दुवै देशले हिमाली क्षेत्र कश्मीरलाई आफ्नो देशको भूभाग भएको दावी गर्दै आइरहेका छन्।एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।