रियाद- गत वर्ष अपहरणमा परेका एक जना न्यायाधीश मृत अवस्थामा भेटिएको साउदी अरबको गृह मन्त्रालयले सोमबार पुष्टि गरेको छ।
पूर्वी प्रान्त अल क्वाटीफ क्षेत्रबाट बेपत्ता भएका न्यायाधीश सेख मोहम्मद विन अब्दुल्लाह अल जिरानीको मृत शरीर भेटिएको साउदी प्रेस एजेन्सीले जनाएको छ।
उनी चन्दा तथा पैतृक सम्पत्ति विभागमा कार्यरत थिए। टारोटमा रहेको आफ्नै घर अगाडिबाट उनी अपहरणमा परेका थिए। उनलाई अपहरण गरेको अभियोगमा गत जनवरीमा मन्त्रालयले तीन जनालाई पक्राउ गरेको र अरु तीन जना फरार रहेको जनाएको थियो।
अपहरित न्यायाधीश यसअघि पनि पटक पटक आक्रमणको निशानामा परेका बताइएको छ। उनको घरमा आगजनीको प्रयाससमेत भएको थियो।सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।