काठमाडौं- सनराइज बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी पदमा अधिकृतमा आशा राणा अधिकारी बढुवा गरेको छ।
संचालक समितिको जेठ २२ गतेको बैठकको निर्णय अनुसार राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको बैंकले जनाएको छ।
साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी छन्।
विगत ३१ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी राणा अधिकारी सनराइज बैंकमा बैंकको स्थापनाकालदेखि नै कार्यरत रहेकी छिन्।
यसअघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्षभन्दा बढीको अनुभव रहको छ।
राणा अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।