बिबिसी- अफगानिस्तानको राजधानी काबुलमा गुप्तचर एजेन्सीको कार्यालय परिसरमा आत्मघाती आक्रमण भएको छ। आक्रमणमा परी दस जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।
घटनामा पाँच जना घाइते भएका छन्। गुप्तचर एजेन्सीका कर्मचारी कामका लागि गइरहँदा आत्मघाती आक्रमणकारीले आफूलाई बमले उडाएका थिए।
सुन्नी मुसलमान चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)ले आक्रमणको जिम्मा लिएको छ। विस्फोटका घाइतेहरु उपचाररत अस्पतालले मृतकहरुको संख्या बढ्न सक्ने जनाएको छ।
पछिल्ला दिनमा अफगानिस्तानमा आक्रमणका घटना बढिरहेका छन्। गत साता आइएसले गुप्तचर एजेन्सीसँग जोडिएको एक तालिम केन्द्रमा आक्रमण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।