मनिला- उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन जाँदै गरेका यात्रु सवार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।
सोमबार क्रिसमस मनाउन गइरहेका संयुक्त परिवारका २० जना रहेको सो बस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किएको हो।
राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरमा रहेको आगी सहरमा क्रिसमसको उपलक्षमा चर्चतर्फ गइरहेको सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन्। मृतकहरुमा ६ जना बालबालिका समेत छन्। सानो बसका नौ जना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले जनाएको छ।
फिलिपिन्समै दावाओ सिटीमा शनिबार एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको ज्यान गएको थियो। उता शुक्रबार आएको ‘टेम्बिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या २ सय ४० पुगेको सरकारी अधिकारीहरुले जनाएका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।