लुसाका- जाम्बियाको राजधानी लुसाकामा अक्टोबर महिनायता हैजाका कारण कम्तीमा पनि २९ जनाको मृत्यु भएको छ।
हैजाको संक्रमण भएका कैयौं बिरामी अस्पतालमा उपचाररत छन्। स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्बन्ध प्रमुख स्टान्सलौस एनगोसालेका अनुसार पछिल्लो समय उपचारका लागि अस्पताल आउने क्रम रोकिएको छैन।
मन्त्रालयले हैजाबाट प्रभावित भएकाहरुको संख्या करिब एक हजार पुगेको जनाएको छ।
हैजाको प्रकोप फैलिने खतरा रहेकाले निराकरणको कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ। विश्व स्वास्थ्य संगठनले आगामी दिनमा झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।