बर्दिवास- बिनाविभागीय मन्त्री एवं महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले सामाजिक न्यायसहितको मुलुकको समृद्धि र अग्रगमनका लागि जीवनभर लागिरहने प्रतिबद्धता जनाएका छन्।
महोत्तरीको बर्दिवासमा आइतबार साँझ आयोजित पत्रकार भेटघाटमा नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहेक मन्त्री पोखरेलले संविधान कार्यान्वयन र यसको सर्वस्वीकार्यताका लागि समर्पित रहने बताए।
मानव विकास सूचचांकमा पछि परेको महोत्तरीमा शिक्षा, स्वास्थ्य र अन्य विकासका पूर्वाधारमा आम जनताको पहुँच बढाउन आफ्नो निरन्तर प्रयत्न रहने मन्त्री पोखरेलको भनाइ छ।
विगतमा शिक्षामन्त्री रहिसकेका उनले आधारभूत विद्यालयमा नैतिक शिक्षालाई पाठ्यक्रममा राखिनुपर्ने धारणा राखे।
पछिल्लो राजनीतिक जटिलताबारे पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले मुलुकको राजनीतिक निकासका लागि प्रधानमन्त्रीले दलको सहमतिमा राष्ट्रियसभा सम्बन्धी व्यवस्था परिमार्जित गर्न पहलकदमी लिनुपर्ने विचार राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।