• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश २ का मन्त्रालय र प्रदेशसभा भवन मर्मतमा अनियमितता भएको संसदीय अनुगमन विशेष समितिको ठहर

​​​​​कामै नगरी कागजमा मात्रै देखाई रकम दुरुपयोग
64x64
नेपाल लाइभ मंगलबार, असार ३, २०७६  १२:३७
1140x725

जनकपुर- संसदीय अनुगमन विशेष समितिले प्रदेश २ का मन्त्रालय र प्रदेशसभा भवनको मर्मतसम्भारमा अनियमितता भएको ठहर गरेको छ। समितिले तयार पारेको प्रतिवेदनउपर सोमबारदेखि प्रदेश २ को प्रदेशसभामा छलफलसमेत सुरु भएको छ।

तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा हालको संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाको कार्यालयमार्फत नेपाल सरकारले कूल ७ करोड रुपैयाँ प्रदान गरेको थियो। मन्त्रालय तथा प्रदेशसभासहितको लागि छनोट गरिएको भवनको मर्मतसम्भार ६ करोड रुपैयाँ र फर्निचर तथा फिक्सचर्सका लागि १ करोड गरी कूल ७ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

समितिले गरेको स्थलगत छानबिनमा तत्कालिन समयमा उक्त कार्यालयले गुणस्तरहीन काम गरेको, कार्यालय व्यवस्थापनका लागि जिन्सी सामानहरू खरिद गर्दा कम लागतको ठाउँमा बढी रकमको बिल भरपाई बनाई आर्थिक अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ। कतिपय शीर्षकमा काम नै नगरी कागजमा मात्रै देखाई रकम दुरुपयोग गरिएको, कार्यालय व्यवस्थापनको लागि जिन्सी सामान खरिद गर्दा कम मूल्य पर्ने सामानको बढी मूल्यको बिल/भरपाई बनाई रकम हिनामिना गरिएको प्रतिवेदनमा उल्लेख छ।

जनकपुर चुरोट कारखानास्थित 'ए' ब्लकको भूइँ तल्ला भवनको मर्मतसम्भार गर्दा व्यापक त्रुटी तथा अनियमितता भएको समितिको ठहर छ। आदर्श कन्स्ट्रक्सनले गरेको काममा अनियमितता भएको हो। सम्झौताअनुसार 'प्लास्टिक एम्ल्सन पेन्ट' प्रयोग गर्नुपर्नेमा 'लोकल पेन्ट' प्रयोग गरेको, सतह गुणस्तरहीन देखिएको, सतह चिल्लो हुनुपर्नेमा सो अनुसार नभएको र कमसल खालको रंग प्रयोग गरेको समितिले ठहर गरेको छ।

एक कोट रेडिमेड इनामेल पेन्टको कामको लगत अनुमान गर्दा दर विश्लेषणअनुसार १ सय २३ रुपैयाँ २८ पैसा हुनुपर्नेमा २ सय ३० रुपैयाँ २३ पैसा राखेर सोहीबमोजिम ठेकेदारलाई भुक्तानी गरिएको छ।

आल्मुनियमको ढोकाको सम्झौता अनुसारको ढोका तथा काँच नभएको पाइएको छ। उक्त ठेकेदारलाई सम्झौता भन्दा १ लाख ३५ हजार ७ सय ९५ रुपैयाँ बढी भुक्तानी गरिएको छ।

त्यसैगरी सप्तऋषि बाबा निर्माण सेवाले गरेको काममा पनि अनियमितता भएको पाइएको छ। ५ मिलिमिटरको सिसा र ९ मिलिमिटरको मोटाइ भएको आल्मुनियमको सिसा प्रयोग गर्नुपर्नेमा सोअनुसार नगरेको पाइएको छ। ९० हजार ८४ रुपैयाँ ५० पैसा बढी रकम उक्त निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ।

त्यसैगरी राणा बिल्डर्सले जनकपुरधामको ६ लेन सडकमा गरेको काममा पनि व्यापक अनियामितता भएको पाइएको छ। प्रायःजसो निर्माण व्यवसायीले गरेको काममा अनियमितता भएको समितिको प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशसभामा कसले के भने?

छ्लफलका क्रममा प्रदेश सरकार सञ्चालन एवं व्यवस्थापनका लागि तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषाद्वारा सम्पन्न गरिएको मर्मतसम्भारमा व्यापक अनियमितता भएको प्रदेशसभा सदस्यहरुले बताएका छन्। 

उक्त कार्यमा संलग्नहरुलाई पनि कारबाही हुनुपर्ने सदनमा छलफलका क्रममा अधिकांश सदस्यले माग गरेका छन्।

प्रतिवेदनमाथि छलफलका क्रममा प्रदेशसभाका सदस्य पारसप्रसाद साहले अनुगमनको रिपोर्टमा मर्मतसम्भारको क्रममा बजेटमा व्यापक अनियमितता भएको पाइएको जनाए। उनले अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने धारणा राखे। साहले प्रतिवेदन राम्रो भएकोले पास गर्न सदनलाई आग्रह गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेशसभा सदस्य बाबुलाल साहले संसदीय विशेष समितिको प्रतिवेदनमा सुक्ष्मरूपममा अनुगमन गरेको पाइएको दाबी गरे। प्रतिवेदनलाई अब कार्यान्वयनमा लैजान सम्बन्धित निकायमा पठाएर कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे।

प्रदेशसभा सदस्य किशोरी साह कमलले सहरी विकास तथा भवन कार्यालयबाट गरिएका कार्यमा देखिएका त्रुटिहरु स्पष्ट रहेको उल्लेख गरिन्। भनिन्, 'प्रतिवेदन राम्रो र प्रष्ट छ, तसर्थ सदनबाट पास गर्नुपर्छ।'

अनुगमनको क्रममा हामीले थुप्रै विषयमा सम्बन्धित सरोकारवालासँग जवाफ मागेको तर अझै जवाफ नआएकोले सबैको सहयोग आवश्यक रहेको बताए।

प्रदेशसभा सदस्य मञ्जु कुमारी यादवले सोमबार बजेटमाथि छ्लफल हुनुपर्नेमा मर्मतसम्भार, फर्निचरमाथिको अनियमितता बारेको प्रतिवेदन छ्लफलमा राखिएकोमा चित नबुझेको बताइन्। प्रदेश २ का मन्त्रालयमा अहिले कतै पनि राष्ट्रपतिदेखि सहिदसम्म कसैको तस्बिर नदेखिएको समेत उनले गुनासो पोखिन्।

अर्का सांसद राजेश्वरप्रसाद साहले संसदीय अनुगमन विशेष समिति गठन गरेर अनुगमन गरिने कार्य राम्रो संकेत रहेको बताएका छन्।

संघीय सरकारको मातहतमा तत्कालिन समयमा मर्मतसम्भार गरिएको कार्यमा व्यापक चलखेल र भ्रष्टाचार भएको प्रतिवेदनमा उल्लेख छ। अनुगमन समितिको प्रतिवेदनलाई व्यवहारमा लागू गराउन र अनियमिततामा संलग्नलाई कारबाही गर्न सदनको ध्यानाकर्षण गराइएको हो।

प्रदेशसभा सदस्य सत्रुधन महतोले भने, 'तत्कालिन समयमा प्रदेशसभा, मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतका स्थानमा जुन कार्य भएको छ, त्यसमा व्यापक भ्रष्टाचार भएको देखिएको छ। कार्य जसरी भएको छ, त्यसमा व्यापक त्रुटि देखिएको छ।'

'ढोका ५ ओटा देखाइएको छ, खोज्दा ३ ओटा मात्र फेला परेको, पङ्खा जति हुनुपर्ने हो त्यति संख्यामा छैन, एक जनालाई १५/१५ वटा कार्य दिएको देखिएको छ। तसर्थ भ्रष्टाचार गर्ने गराउनेलाई कारबाहीको लागि प्रक्रिया अगाडि बढाउन आग्रह गर्दछु,' महतोले भने।

प्रतिवेदनको सम्बन्धमा उठेका प्रश्नको जवाफमा समितिका सदस्य शिवचन्द्र चौधरीले प्रतिवेदन सबैको सहमतिमा आएको र प्रतिवेदनलाई प्रक्रियामा अगाडि बढाउन आग्रह गरे।

उपसभामुख उपमा देव संयोजक रहेको समितिमा सांसदहरू बच्चा राउत, अहिर यादव, बिन्देश्वर प्रसाद यादव र शत्रुघन महतो रहेका छन्।

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्