काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पनि थियो। 'प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने' कार्यसूचीमा उल्लेख थियो। यसका लागि उनी संसद् भवन पुगे।
तर बैठक सुरु हुनुअघि प्रधानमन्त्रीभन्दा पहिले प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने माग कांग्रेसको थियो। यसका कारण ११ बजे बोलाइएको बैठक सुरु हुँदा झन्डै १२ बजेको थियो।
सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे। तर बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठे।
सभामुखले प्रधानमन्त्रीलाई सुरुमै बोल्न समय दिएपछि प्रधानमन्त्री रोस्टमतिर गए। तर कांग्रेस सांसदहरु उठेर रोस्टम घेराउ गर्न पुगे। रोस्टममा पुगेका प्रधानमन्त्री टुलुटुलु यो दृश्य हेरिरहेका थिए। घरी दायाँबायाँ आँखा तन्काएर हेर्थे घरी थाकेझैं देखिन्थे।
कांग्रेसले नाराबाजी जारी राखेकाले अन्तत: उनले सम्बोधन गर्न पाएनन्। सभामुखले आजको बैठक स्थगित गरेपछि उनी नबोली फर्किए।
अबको बैठक भोलि बस्नेछ।
प्रधानमन्त्रीमा मुद्रा-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।