बझाङ- बझाङ जिप दुर्घटनामा परी ज्यान गुमाउनेको नाम खुलेको छ। से १ ज १०७२ नम्बरको जिप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो।
मृत्यु हुनेमा मष्टा गाउँपालिका-१, का कलकबहादुर खड्का, उनका छोरासमेत रहेका छन्।
यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका सइ महानन्द जोशीले जानकारी दिए।
मृतक बाबुछोरा बाहेक अन्यको ठेगाना खुल्न बाँकी छ।
घटनास्थलमा उद्धारमा खटिएका नेकपाका जिल्ला सदस्य रामचन्द्र रोकायाका अनुसार घाइतेहरुको उद्धारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको छ।
दुर्घटनामा परी ६ जना घाइते भएका छन्।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मस्टा गाउँपालिका जाँदै गरेको जिप कोटदेवल भन्ने ठाउँमा दुर्घटना भएको थियो।
घटनाको थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।