काठमाडौं– त्रिवि सेवा आयोगको गेटमा ताला लगाएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसहितका १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।
पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ।
त्रिवि सेवा आयोगले अनियमितता गर्दै आफन्तहरुलाई सेवा प्रवेश गराएको आरोप लगाउँदै गत जेठ ६ गतेदेखि अखिल क्रान्तिकारी रिले अनसनमा बस्दै आएको थियो। सोमबार भने उनीहरुले त्रिवि सेवा आयोगको कार्यालय कीर्तिपुरको मूल गेटमा ताला लगाएका थिए।
ताला लगाएर विद्यार्थीहरु गेटमै रिले अनसन बसेका थिए। अनसनकै क्रममा उनीलाई प्रहरीले पक्राउ गरेको हो।
विद्यार्थीहरुले पछिल्लो पटक गरिएका नियुक्तिहरु खारेज, त्रिवि सेवा आयोग खारेज र नियुक्ति प्रक्रियामा संलग्न कर्मचारीलाई कारबाही गर्न माग गरेका छन्।
विद्यार्थीहरुले हिरासतमै आमरण अनसन सुरू गरेका अखिल क्रान्तिकारीका काठमाडौं संयोजक संघर्ष दाहालले जानकारी दिए।
यो पनि पढ्नुहोस्
अखिल क्रान्तिकारीले लगायो त्रिवि सेवा आयोगको मूल गेटमा ताला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।