काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा प्रस्तावित गुठी विधेयकका बारेमा उपत्यकाबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका छन्।
विवादित विधेयकका बारेमा नेपालले सिंहदरबारस्थित कृषि समितिको हलमा सांसदमा छलफल गरेका हुन्। जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयक फिर्ता गर्नुपर्ने सांसदहरुको राय रहेको नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराए। सांसदको राय उद्धृत गर्दै उनले भने, ‘विधेयकका कारण जनतामा आक्रोश पैदा भएको छ। तत्काल फिर्ता लिनका लागि तपाईंले पहल गर्नुपर्यो।'
सांसदहरुले विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हालको विवाद समाधान नहुने औंल्याएका थिए। हाललाई फिर्ता लिने र सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरुले जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।