काठमाडौं– नेकपाका सांसद गजेन्द्र बहादुर महतले गृह मन्त्रालय अजिंगर जस्तो भएको टिप्पणी गरेका छन्। गृहमन्त्रालयको काममाथि टिप्पणी गदैए उनले भने, ‘यो अजिंगर जस्तो भयो । नजिक आए खाइदिने थर टाढाको शिकार गर्न नसक्ने।’
दुई तिहाइको सरकार भएपनि जिल्लामा सिडियो र डिएसपीले नटर्ने देखिएको उनले बताएका छन्। उनले संसदमा भने, ‘डिएसपी भनेको मान्दैन । सिडियो भनेको मान्दैन केको दुई तिहाई भन्न थालिसके।’
अहिले पनि ७७ जिल्लामा सिडियो र प्रहरी प्रमुख छन् । उनीहरुलाई परिचालन गर्ने हो भने जनताका आधा गुनासा सम्बोधन हुने उनले बताए। तर, गृह मन्त्रालय निष्क्रिय भएका कारण गुनासा लिएर विप्लप नेतृत्वको नेकपाकहाँ जनता पुग्न थालेको उनले संकेत गरे। उनले भने, ‘यो मन्त्रालय न जनतासँग जोडियो, न जनप्रतिनिधीसँग।’
कांग्रेसको सरकार र खुमबहादुर खड र पूर्ण बहादुर खड्काको समयमा इन्सिपेक्टर सिधै भर्ना गर्न सक्ने पावर भएको मन्त्रालय अहिले प्रहरीको भान्से समेत भर्ना गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।