• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिमा पूर्व प्रहरी : कोही उत्साहित, कोही पलायन 

64x64
नेपाल लाइभ शनिबार, पुस ८, २०७४  १८:३६
1140x725

आइजिपी बन्न नसकेपछि डिआइजी पदबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका नवराज सिलवाल तीन महिनामै प्रतिनिधिासभा सदस्य बने। राजीनामा स्वीकृत नहुँदै एमाले पवेश गरेका उनी ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेस नेता उदय शमशेर राणालाई पराजित गर्दै विजयी भए। 

प्रहरीबाट राजनीतिमा लागेको छोटो अवधिमै उनले ठूलो सफलता हात पारे। सिलवाल जस्तै धेरै जना प्रहरीबाट अवकाश पाएपछि राजनीतिमा लागेका छन् । तर, धेरैजसो अपेक्षाकृत सफल भएका छैनन्।

एआइजीबाट अवकाश पाएलगत्तै गणेश राई डेढ वर्षअघि नयाँशक्ति पार्टीमा आबद्ध भए। उनी पार्टीको सुरक्षा विभागका प्रमुख समेत भए। पार्टीको केन्द्रीय सदस्य बनेका उनी सुरुमा निकै उत्साहित थिए। तर, उनको त्यो उत्साह एक वर्ष पनि टिक्न सकेन। गत मंसिर १२ गते उनले नयाँ शक्ति परित्याग गरे। 

‘राजनीति सोचे जस्तो रहेनछ’, राई भन्छन्, ‘फौजी वातावरणको मान्छेलाई राजनीतिक पार्टीको वातावरण ठीक लाग्दो रहेनछ।’ 

अब कुनै पनि पार्टीमा नलाग्ने उनको भनाइ छ । 

राजनीतिमा सफल, चुनावमा असफल

अदालतको आदेशमा आइजिपीबाट हटेपछि धुव्रबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बने। तर, त्यसबाट सन्तुष्ट हुन नसकेपछि राजीनामा दिएर राजनीतिमा होमिए। 

०५६ सालको आम निर्वाचनमा प्रधानले नवलपरासी क्षेत्र नम्बर ४ बाट चुनाव  लडेका थिए। तर, उनी कांग्रेसका देवेन्द्र कँडेलसँग पराजित भए। ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पनि त्यहीबाट चुनाव लडेका उनले सम्मानजक भोट ल्याए पनि जित हात पार्न सकेनन्। यसपाली प्रतिनिधिसभाको निर्वाचनमा उनी राप्रपा प्रजातान्त्रिकको समानुपातिकतर्फ १ नम्बरमा थिए। तर, पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा माननीय बन्ने प्रधानको सपना यस पटक पनि पूरा हुन सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

१८ वर्ष सक्रिय राजनीतिमा लाग्दा समेत चुनावमा सफल हुन नसके पनि उनी पार्टीको राजनीतिमा भने सफल छन्। 

‘म सुरुदेखि नै पार्टीभित्र टप टेनभित्र परेँ’, प्रधान भन्छन्, ‘पार्टी राजनीतिमा भने आफूलाई सफल ठान्छु।’ हाल उनी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष छन्। 

चुनाव हारे पनि निराश नभएका उनी भन्छन्, ‘चुनाव हार्नुमा विभिन्न पक्ष हुन्छन्, तर राजनीतिमा लागेकोमा ममा कुनै निराशा छैन। अवकाशपछिको जीवनमा राजनीतिमा बिताउन पाएकोमा खुसी नै छु।’ 

प्रधान राजनीतिका साथै खेलकुद क्षेत्रमा पनि सक्रिय भए। उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कसैको रहर, कसैको महत्वाकांक्षा 

गत वर्ष अवकाशप्राप्त कर्मचारीहरु मिलेर नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी गठन गरे। जसमा धेरैजसो अवकाशप्राप्त सुरक्षा अधिकारीहरु थिए। नेपाल प्रहरीका पूर्व डिएसपी चुणादेवसिंह लामा पार्टीको अध्यक्ष बने। तर, सो पार्टी एक वर्ष पनि सञ्चालन हुन सकेन। 

पार्टी सञ्चालन निकै गाह्रो काम लागेपछि उनीहरुले तीन महिनाअघि पार्टीलाई एमालेमा समाहित गरे। लामा एमालेबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा छन्। उक्त पार्टीका रहेका पूर्व एआइजी विनोद सिंह, पूर्व एआइजी रुपसागर मोक्तान, पूर्व एसएसपी केदार कोइराला, पूर्व एसएसपी वसन्त कुँवर, सशस्त्र प्रहरीका पूर्व एआइजी जीवन थापा, राष्ट्रिय अनुसन्धान विभागबाट डिआइजी पदबाट अवकाश पाएका नवराज थापा लगायत एमालेमा आबद्ध भएका छन्। तर, पार्टीमा प्रवेश गरेपछि उचित जिम्मेवारी नदिएको भन्दै उनीहरु असन्तुष्ट छन्। उनीहरुमध्ये कतिपय रहरले त कतिपय पदीय महत्वाकांक्षाले पार्टी नै खोलेर राजनीतिमा लागेका हुन्। 

छुट्टै पार्टी चलाउन नसक्ने निचोड निकालेपछि सो पार्टीका नेताहरुले सुरुमा कांग्रेससँग पार्टी एकीकरणको प्रयास गरेका थिए। 

‘तर कांग्रेसबाट समयमै जवाफ आएन,’ पूर्व एसएसपी वसन्त कुँवर भन्छन्, ‘एमालेले प्रस्ताव पठाएको पहिलो दिनमै कमिटि बनाएर एकीकरणको प्रक्रिया अघि बढायो, त्यसकारण हामी एमालेमा आबद्ध भएका हौं।’ 

०६४ सालमा डिएसपीबाट अवकाश पाएलगत्तै चुडा लामा राजनीतिमा लागेका हुन्। सुरुमा राप्रपा र पछि चुरेभावर पार्टीमा आबद्ध भएका उनी संविधानसभाको निर्वाचन ०७० मा चुरेभावरको समानुपातिक सूचीमा थिए। तर, भोट नपुगेपछि उनी सांसद हुन पाएनन्। त्यसपछि उनले आफ्नै नेतृत्वमा पार्टी गठन गरे। त्यो पार्टीले पनि स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा नल्याएपछि एमालेमा आबद्ध भए। 

यसपाली प्रतिनिधिसभा निर्वाचनमा एमालेको समानुपातिक सूचीमा लामाको नाम पाँचौं नम्बरमा छ। तर, सांसद बन्न नपाउने भएपछि उनी निराश छन्। 

‘पार्टीका लागि भनेर मेचीदेखि महाकालीसम्मका पूर्वराष्ट्रसेवकहरुलाई भोट हाल्न लगाइयो, तर अहिले आफैं सांसद बन्न नपाउने अवस्था आयो,’ उनी भन्छन्, ‘यत्रो दुःख खेर गयो जस्तो लागेको छ।’ 

एमालेले ४१ सिट पाउनेमा २ जना मात्र पुरुषले समानुपातिकमा अवसर पाउनेछन्। जसका कारण उनी निराश भएका हुन्। 

मेयरदेखि सहायकमन्त्रीसम्म 

विगतमा पनि केही पूर्वप्रहरी राजनीतिमा लागेका थिए। पञ्चायतकालमा नेपाल प्रहरीका दुई आइजिपी खड्गजित बराल र डिबी लामा अवकाशपछि राजनीतिमा लागे। 

बराल अवकाशपछि राष्ट्रिय पञ्चायतको सदस्य बने। लामाले भने चुनाव नै लडे। रसुवाबाट निर्वाचित समेत भएका लामा ०५५ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहायकमन्त्री समेत भए। 

नेपाल प्रहरीका पूर्व आइजिपी रविन्द्रप्रताप शाह पनि ०७० को संविधानसभा निर्वाचनबाट सभासद बने। कांग्रेस निकट पृष्ठभूमि भएका उनी माओवादीबाट समानुपातिक सांसद बनेपछि धेरै चकित भए। तर, शाह भने राजनीतिमा लाग्ने उद्देश्यले सभासद् नबनेको बताउँछन्। 

‘माओवादीबाट सांसद भए पनि मैले पार्टीको सदस्यता लिइनँ’, उनी भन्छन्, ‘परिस्थितिवश संविधानसभा सदस्य भइयो, संविधान बनाउने जिम्मेवारी अनुसार संविधान बनाइयो, राजनीतिमा सक्रिय हुने कुनै योजना छैन।’ 

आफूलाई पार्टीमा आबद्ध हुन भनेर माओवादीले प्रस्ताव पनि नगरेको उनी बताउँछन्। 

त्यस्तै, एसएसपीबाट अवकाश पाएपछि एमालेमा आबद्ध भएका लक्ष्मीनरसिंह वादे स्थानीय तहको निर्वाचनमा काभ्रेको बनेपा नगरपालिकाको मेयरमा निर्वाचित भए। अवकाशपछिको जीवनलाई सक्रिय बनाउने उद्देश्यले आफू राजनीतिमा लागेको मेयर वादे बताउँछन्। 

‘राजनीतिमा आएपछि प्रहरी संगठनलाई बलियो बनाउन मैले आफ्नोतर्फबाट सहयोग गर्दै आएको छु’, उनले भने।

कोही प्रतिशोधका लागि त कोही सुरक्षित हुन 

आइजिपीमा बढुवा नगरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अन्याय गरेको भन्दै नवराज सिलवाल एमालेमा प्रवेश गरे। चुनावी भाषणहरुमा उनले देउवालाई गाली गरे। प्रतिशोधकै लागि पनि उनी एमाले प्रवेश गरेर राजनीतिमा लागेको धेरैको विश्लेषण छ।

त्यति मात्र होइन, डिआइजीको वार्षिक कार्यसम्पादन मूल्यांकनको फाइल कीर्ते गरेको आरोप समेत सिलवालमाथि छ। जुन प्रकरणमा आफू विरुद्ध मुद्दा चल्न सक्ने भएकाले पनि उनी सुरक्षित हुनका लागि सक्रिय राजनीतिमा लागेको कतिपयको बुझाइ छ। आइजिपी नियुक्ति सम्बन्धी मुद्दामा अदालतमा उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते भएको भन्दै कारबाहीका लागि सर्वाेच्च अदालतले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरिसकेको छ।

पदमा रहेका बेला कमाएको अकुत सम्पत्ति जोगाउन पनि कतिपयले राजनीति पार्टीको छहारी खोज्ने गरेका छन्। केही भने राजनीतिक शक्तिका लागि आबद्ध हुने गरेका छन्। अवकाश पाएपछि एकैपटक आफ्नो पहुँच गुम्ने भएकाले शक्तिमै रहन केही राजनीतिक दलमा लाग्ने गरेका छन्।

सशस्त्रका पूर्वएआईजी ऋषभदेव भट्टराई तथा पूर्व डिआइजी नारायण पाण्डेले पनि अवकाशपछि राजनीतिलाई रोजे। उनीहरु नयाँशक्ति पार्टीमा आबद्ध भए। दुवै जनालाई गत वर्ष नयाँ शक्तिले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि उनलाई पार्टीले निलम्बन गरेको थियो। पाण्डे भने अहिले त्यति सक्रिय छैनन्।

गत वर्ष एसएसपीबाट अवकाश पाएका लव विष्ट पनि लगत्तै विवेकशील पार्टीमा आबद्ध भएका थिए।

पछिल्लो समय प्रहरी सेवाबाट अवकाशपछि राजनीतिमा लाग्ने क्रम बढेको छ। सुरक्षा जस्तो निष्पक्ष भएर काम गर्नुपर्ने राज्यको निकायमा बसेका व्यक्तिहरु अवकाश लगत्तै एउटा पार्टीमा आबद्ध हुनुलाई धेरैले गलत ठान्छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एक उच्च अधिकारी भन्छन्, ‘अवकाशको निश्चित समयसम्म चाहिँ राजनीतिक पार्टीमा आबद्ध हुन नदिने प्रावधान बनाउनुपर्छ। नत्र पदमा रहँदा अकुत कमाउने र अवकाशपछि पार्टीको आवरणमा त्यसलाई सुरक्षित बनाउने प्रवृत्ति बढ्न सक्छ।’

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
सम्बन्धित सामग्री
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हु... सोमबार, कात्तिक ९, २०८३
काँग्रेसलाई थप एकताबद्ध बनाउँदै जनताको विश्वास जित्छौँ : महामन्त्री पौडेल नेपाली काँग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले काँग्रेस रूपान्तरण भ... सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो सोमबार, कात्तिक ९, २०८३
दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज शुरु सोमबार, कात्तिक ९, २०८३
सुनको मूल्य बढ्यो सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्