काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा ढकालले तत्कालिन नेकपा एमाले र नेपाल परिवार दलबीच भएको ३ बुदे सहमतिको कार्यान्वयनको लागि ध्यानाकर्षण गराएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
'गत निर्वाचनको बेलामा परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाइ सघाएको थियो', विज्ञप्तिमा भनिएको छ, 'सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो।'
ढकाल पूर्वमन्त्री पनि हुन्।
अघिल्लो वर्ष मंसिरमा आयोजना भएको एसिया प्यासिफिक समिट आयोजना गर्न ढकालको नेतृत्वदायी भूमिका थियो। ढकाल क्रिश्चियन मिसनरी संस्था युनिफिकेसन चर्चको नेपाल च्याप्टरका अध्यक्ष समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।