• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रियसभा अध्यादेश विवाद : समयमा कानुन नबनाउँदाको सकस 

64x64
नेपाल लाइभ शनिबार, पुस ८, २०७४  १७:५३
1140x725

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन अध्यादेश २०७४ साउनको पहिला साता मस्यौदा गर्दै सरकारलाई पठायो। सरकारले उक्त अध्यादेशलाई गृह मन्त्रालय हुँदै व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा पठायो। 

दशैं–तिहार नजिकिएको र चाडपर्व लगत्तै असोज २ मा तेस्रो चरणको स्थानीय निर्वाचन र मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन लागेको भन्दै यथेष्ट छलफल हुन पाएन। राजनीतिक दलहरुको सहमतिमै स्थानीय सरकार र प्रदेशसभाका प्रतिनिधिको मतभार मात्र सामान्य संशोधन गरियो। 

सरकारले २८ भदौमा राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयक व्यवस्थापिका–संसदमा पेस गर्‍यो। तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पेस गरेको विधेयकमा प्रदेशसभा सदस्यको मतभार ४८ र गाउँपालिका र नगरपालिकाको प्रमुख–उपप्रमुखको मतभार १८ हुने व्यवस्थासहितको राष्ट्रियसभा निर्वाचनको व्यवस्था थियो।

विधेयक ३ असोजमा संसदमा प्रस्तुत भई सामान्य छलफल भएको थियो। तर, दफावार छलफल समितिमा हुन पाएन। तत्कालीन संसदको राज्य व्यवस्था समिति सभापति रहेका कांग्रेस नेता दिलबहादुर घर्तीले उक्त विधेयक समितिमा ल्याए छलफल गराउनेभन्दा पारित गराउनेतर्फ ध्यान दिए। 

त्यसबेला संसदको आयु सकिनै लागेकाले सीधै संसदमा पेश गर्न आफूले सहमति दिएको घर्तीले सम्झना गर्छन्। दलहरुकै सहमतिमा सरकारले विधेयक पेश गरेकाले आफूहरु तत्कालीन समयमा मौन रहेको उनले बताए।

‘एकल संक्रमणीय कि बहुमतीय निर्वाचन प्रणालीबारे हाल देखिए झैं दलका बीचमा विवाद थिएन’, उनले स्मरण गरे, ‘संसद् विघटन हुनु अगावै संसदमा पेश गर्न गृहमन्त्री र सभामुख ओन्सरी घर्तीले आग्रह गरेपछि सीधै पठाइएको थियो।’

सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका साथै विधेयकलाई प्राथमिकता दिएर समितिमा छलफलपछि पारित गरेकाले सो विधेयक समितिमा नआएको उनले बताए।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकसँगै संसदमा आएको राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी विधेयकमाथि परेका संशोधन प्रस्तावलाई सदनमै एकमुष्ठ छलफल गरेर टुंगो लगाउने सरकारी तयारी थियो।

Ncell 2
Ncell 2
nimb
nimb

संसदको कार्यसूचीमा राष्ट्रियसभा विधेयक पारित गर्ने विषय परे पनि त्यसमाथि दलीय सहमति नहुँदा टुंगो लाग्न सकेन। कांग्रेसले एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभा गठन हुनुपर्ने अडान लिएको थियो भने प्रतिपक्षी दल एमालेले संविधानमा एकल संक्रमणीय मत प्रणालीमा हुने व्यवस्था नरहेकाले बहुमतीय आधारमै राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने माग गरेको थियो।

संसद् बैठकको अन्तिम दिन पनि सभामुख घर्तीले विधेयक पारित गराउने प्रयास गरेकी थिइन्। सबै पार्टीका शीर्ष नेताहरुको बैठक राख्दै सभामुखले सहमति खोज्न आग्रह गरेकी थिइन्। तत्कालीन समयमा स्थानीय तहको निर्वाचन परिणाम आइसकेको थियो। परिणाम अनुसार देशभर एमाले ठूलो दल बनेको थियो। 

स्थानीय तहमा प्राप्त भएको परिणामलाई आकलन गर्दै कांग्रेस बहुमतीय प्रणाली नभई एकल संक्रमणीय प्रणालीमा राष्ट्रियसभा सदस्य चयन हुनुपर्ने पक्षमा उभिएको थियो। निर्वाचन आयोगबाट मस्यौदा प्राप्त हुँदा भने कांग्रेस मौन रहँदै आएको थियो। प्रदेशमा पनि एमालेको बहुमत आउने आकलनका साथ उसले आफ्नो प्रतिनिधित्व कायम गर्न उक्त निर्वाचन प्रणाली चयन हुनुपर्ने लविङ गरेको थियो। समावेशी सिद्धान्त अनुसार राष्ट्रियसभा गठन गर्न यही निर्वाचन प्रणाली उपयुक्त हुने कुरा मधेसकेन्द्रित दल र माओवादी केन्द्रले सुरुमा उठाउँदा एमाले र कांग्रेस विरोधमा थिए।

स्थानीय तहको परिणामपछि एकल संक्रमणीय पद्धतिमा अडिग रहेको कांग्रेसले संसदबाट पारित हुन नसकेको विधेयकलाई अध्यादेशको रुपमा जारी गर्न कात्तिक ८ मा राष्ट्रपति कार्यालय पठायो। संसददेखि नै विरोधमा रहेको एमालेले त्यसलाई स्वीकार गरेन। पहिले एकल संक्रमणीय निर्वाचनको पक्षमा रहेको माओवादी पनि वाम गठबन्धन बनाई निर्वाचनमा सँगै भएपछि एमालेको साथमा उभियो। सरकारले संसद् विघटन भए पनि संविधानले दिएको अध्यादेश मार्फत कानुन बनाउने अधिकार प्रयोग गर्दै राष्ट्रपति कार्यालयमा अध्यादेश पठायो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको आग्रहमा अध्यादेश जारी पनि गरिनन् र फिर्ता पनि पठाइनन्। प्रदेश  र प्रतिनिधिसभाको निर्वाचन भएर परिणाम आइसक्दा पनि उक्त अध्यादेश रोकिएपछि राष्ट्रपति समेत विवादमा तानिएकी छन्। नयाँ सरकार गठनमा समेत राष्ट्रियसभाले बाधक गर्ने तर्क गर्दै सरकारले सत्ता छाड्न अस्वीकार गरेपछि अध्यादेश बाधक देखिएको छ।

अध्यादेश बाधक हुनुको मुख्य दोष दलहरुले ढिलो कानुन बनाउनुको परिणाम भएको संवैधानिक कानुनका विज्ञ चन्द्रकान्त ज्ञवालीको बुझाइ छ।

‘स्थानीय तहको तहको निर्वाचन हुनुभन्दा पहिला संसदबाट अध्यादेश पारित गरेको भए यो विवाद आउने थिएन’, ज्ञवाली भन्छन्, ‘यसलाई कानुन बनाउन ढिलाइ हुँदा आउने विवादमध्ये एक मान्नुपर्छ र दलहरुले सहमति गरेर समाधानमा पुग्नुपर्छ।’

निर्वाचनअघि परिणाम वा आफ्नो प्रतिनिधित्वको लोभ दलहरुमा नहुने भएकाले विवाद नहुने तर परिणाम देखेपछि प्रतिनिधित्वको लोभ जाग्दा समस्या देखिएको ज्ञवालीको बुझाइ छ। कांग्रेसले पनि आफूलाई सिट सुरक्षित होस् भन्ने सोचका साथ विवाद गरिरहेको र एमाले पनि सबै सिट आफैं राख्ने दाउका साथ अडानबाट पछाडि नहटेको उनी बताउँछन्। 

कानुनभन्दा दलीय सहमती प्रमुख हुने परम्पराका कारण दलहरुले आफूलाई एक कदम पछाडि सारेर अहिलेको निकास निकाल्नुपर्ने उनको सुझाव छ। कानुनी छिद्रहरुको खोजी गर्दै एक–अर्कालाई अल्झाउने प्रयास भएमा हालसम्म प्राप्त संविधानको उपलब्धि धरापमा पर्नेतर्फ दलहरुले ध्यान दिनुपर्ने उनी सुझाउँछन्।

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
सम्बन्धित सामग्री
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हु... सोमबार, कात्तिक ९, २०८३
काँग्रेसलाई थप एकताबद्ध बनाउँदै जनताको विश्वास जित्छौँ : महामन्त्री पौडेल नेपाली काँग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले काँग्रेस रूपान्तरण भ... सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो सोमबार, कात्तिक ९, २०८३
दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज शुरु सोमबार, कात्तिक ९, २०८३
सुनको मूल्य बढ्यो सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्