काठमाडौं– लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष ०७३/०७४ मा ९ करोड ७१ लाख ४६ हजार १ सय ९९ रुपैयाँ मुनाफा आर्जन गरेको छ। शनिबार भएको १८औं बार्षिक साधारण सभामा संस्थाको मुनाफा सार्वजनिक गरिएको हो।
संस्थाले चालु आवमा सरकारलाई ४ करोड ७१ लाख ९७ हजार १ सय ९९ राजश्व बुझाएको छ। संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुविधा काउण्टर संचालन गरिरहेको छ।
शनिबार भएको साधारण सभाले वार्षिक कार्यक्रम तथा बजेट पारित भएको छ ।
कार्यक्रममा सहरी विकास मन्त्री दिलनाथ गिरीले संस्थाको योगदानको कदर गर्दै प्रगतिको कामना गरे। संस्थाका संचालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले आव ०७३/०७४ मा सहकारीले गरेको उपलब्धि र योजना जानकारी गराए। प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारी संघ संस्थाबाट प्रत्यक्ष २ लाख भन्दाबढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।