• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले र माओवादी केन्द्रबीच वैचारिक सिद्धान्तमा परामर्श सुरु

64x64
नेपाल लाइभ शनिबार, पुस ८, २०७४  १६:१३
1140x725

काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको पहल शुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको देखिँदैन। 

पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलका कारण निर्वाचनमा सफलता हासिल गरेको वाम गठबन्धनले नयाँ सरकार गठन र पार्टी एकताको गृहकार्य एकैसाथ गरिरहँदा वैचारिक विषय ठूलो विवादको विषय नबनेको देखिन्छ। 

माक्र्सवादी विचारको समान दर्शनमा रहे पनि क्रान्तिको सिद्धान्त र कार्यनीतिका सन्दर्भमा यी दुई शक्तिबीच विगतमा फरकफरक दृष्टिकोण देखिँदै आएको थियो । एमालेले जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रले एक्काइसौं शताब्दीको जनवादलाई मार्गदर्शन सिद्धान्त मान्दै अघि बढिरहेका सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारीपछि दुवैले आफ्ना विचार र कार्यक्रममा दूरी घटेको मानेका हुन्। 

जननेता मदन भण्डारीले विसं २०४९ मा एमालेको पाँचौं महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ले शान्तिपूर्ण तरिकाबाट समाजको रुपान्तरण भनेको छ भने भूमिगत अवस्थामै विसं २०५७ मा माओवादीले पारित गरेको ‘एक्काइसौं शताब्दीको जनवाद’मा विचार मिल्ने शक्तिसँगको एकता, सहकार्य र प्रतिस्पर्धालाई प्राथमिकतामा जोड दिएको छ । त्यसपछि क्रमशः माओवादी हिंसात्मक आन्दोलनबाट शान्ति प्रक्रियामा आएको हो। 

विसं २०६९ मा हेटौँडामा भएको माओवादीको सातौँ राष्ट्रिय सम्मेलनले शान्तिपूर्णरुपमै समाजको रुपान्तरणको नीति पारित गरेको थियो । दुवै पार्टीले लोकतान्त्रिक मान्यता, विधिको शासन, आवधिक निर्वाचन, मानवअधिकार, प्रेस स्वतन्त्रतालाई मान्दै आएका छन् । दुवैका हालका सिद्धान्त थाती राखेर एकीकृत पार्टीको सिद्धान्तका बारेमा आन्तरिक छलफल बढाउँदै एकता महाधिवेशनले टुंगो लगाउने वा तत्कालै साझा सिद्धान्त तय गर्ने भन्नेमा पार्टी एकता संयोजन समितिमा परामर्श चलिरहेको छ। एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकतासम्बन्धी सहमतिको घोषणा भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ संविधानको प्रस्तावनामा उल्लेखित ‘समाजवादउन्मुख’ शब्दावलीलाई मुख्य आधार मान्दै एमाले र माओवादी केन्द्रले एकतापछिको वैचारिक सिद्धान्त र कार्यक्रमको नाम जे राखे पनि अबको बाटो ‘लोकतान्त्रिक समाजवाद’ हुने माक्र्सवादी चिन्तक एवं विष्लेषकले बताएका छन्। 

वरिष्ठ साहित्यकार एवं चिन्तक डा मोदनाथ प्रश्रित हिंसाबाट नभई शान्ति तथा लोकतान्त्रिक बाटोबाट समाजवादमा पुग्नुपर्ने भएकाले आपसी समीकरणका आधारमा सिद्धान्तको नामाकरण हुने बताउछन्। 

उनले कम्युनिष्ट फुटेर नभई जुटेर नै समाज रुपान्तरणको क्रान्तिमा होमिनुपर्छ भन्नेमा दुवै पार्टीका नेता ढिलै भए पनि आइपुग्नु सकारात्मक भएको बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विश्लेषक एवं पूर्वसभासद् हरि रोका पनि पूँजीवादी जनवादी क्रान्तिको चरण पार भइसकेकाले एकीकृत पार्टीले समाजवादी लोकतन्त्रको विचार बोक्नुपर्नेमा जोड दिन्छन्।  

“राज्यको व्याख्या, यसको चरित्र, व्यवस्थापन, आर्थिक नीति र व्यवहारका आधारमा कम्युनिष्टले आफ्नो पहिचान देखाउनुपर्छ”– रोकाले भने, “तीनखम्बे अर्थनीतिलाई आधार मानेर निजी क्षेत्रलाई नियमन गर्दै सरकारी र सहकारी क्षेत्रको भूमिका बढाएर आम जनताको हितमा केन्द्रित हुनुपर्छ।” 

साहित्यकार हरिगोविन्द लुईंटेलले अहिलेको पार्टी एकताको प्रस्ताव नै शान्तिपूर्ण रुपान्तरणको विचारको जगमा आएकाले आगामी दिनमा अपनाइने सिद्धान्तको विषय ठूलो मुद्दा नबन्ने बताउछन्। उनले दुई पार्टीबीचको कार्यकर्ता तहमा एकले अर्कोलाई निल्ने वा विलय गर्ने भन्ने मनोवैज्ञानिक त्रासको व्यवस्थापन गरिए अन्य विषयले पार्टी एकतालाई नकारात्मक असर नगर्ने विचार व्यक्त गरे। रासस

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
सम्बन्धित सामग्री
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हु... सोमबार, कात्तिक ९, २०८३
काँग्रेसलाई थप एकताबद्ध बनाउँदै जनताको विश्वास जित्छौँ : महामन्त्री पौडेल नेपाली काँग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले काँग्रेस रूपान्तरण भ... सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो सोमबार, कात्तिक ९, २०८३
दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज शुरु सोमबार, कात्तिक ९, २०८३
सुनको मूल्य बढ्यो सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्