काठमाडौं– सन्नी लियोनीले नेपाली गीतमा ठुम्का लगाउन पाउँदा खुसी लागेको बताएकी छिन्।
हालै रिलिज गीत ‘आजको साम’मा सन्नीले नृत्य गरेकी छिन्। नेपाली फिल्म ‘पासवर्ड’को उक्त गीत फेसबुकमार्फत् सेयर गर्दै उनले भनेकी छिन्, ‘नेपाली फिल्म ‘पासवर्ड’को मेरो नयाँ गीत तयपाईंहरुमाझ प्रस्तुत गर्न पाउँदा असाध्यै खुसी छु।’
उनले आफू ‘नेपालप्रेमी’ रहेको पनि उक्त फेसबुक स्टाटसमा खुलाएकी छिन्। उनले भनेकी छिन्, ‘मेरो नेपाल प्रेम तपाईंहरुमध्ये धेरैलाई थाहा छ। त्यसैले म नेपाली फिल्मी क्षेत्रको हिस्सा हुन पाउँदा गौरवान्वित छु।’
उनले नेपाली कलाकारहरुको पनि प्रशंसा गरेकी छिन्। नेपालबाट राम्रा प्रतिभाहरु उदाइरहेको उनको भनाइ छ।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।