मनिला– फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ।
फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण अरु कैयौं बेपत्ता भएको हुन सक्ने अधिकारीहरुले बताएका छन्।
आँधीका कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। घटनास्थलमा उद्धारकर्मीहरु खटिएका छन्।
उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिका लगायतका घाइतेलाई उद्धार गरिरहेका छन्। सयौँ घर ध्वस्त भएका छन् भने कतिपय गाउँ नै बाढीले बगाएको छ।
फिलिपिन्समा हरेक वर्ष आउने २० वटाभन्दा बढी आँधीमा परी कैयौं मानिसको मृत्यु हुनेगरेको छ।
यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी ७ हजार ३ सय ५० जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।