भीमदत्तनगर- कञ्चनपुरलाई मुलुकको ४४औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गर्दै अभियानलाई पूर्ण संरक्षण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा अभियानमा सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो। कञ्चनपुरमा ८२ हजारभन्दा बढी शौचालय निर्माण भएको खानेपानी तथा सरसफाइ
डिभिजन कार्यालय भीमदत्तनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले जानकारी दिए।
प्रदेश नं ७ मा दार्चुला र कैलाली जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।