काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संसदमा प्रस्तुत गरेको गुठी विधेयकले गुठी आबद्ध किसानको समस्या सम्बोधन गर्नै नसक्ने दाबी गरेका छन्।
गुठी विधेयकका विषयमा संसदमा बोल्ने क्रममा थापाले भने,‘ बुटवलको सुकुम्वासीले वालुवाटारमा जग्गा पाउलान, किसानले केही पनि पाउनेपवाला छैनन्।’
थापाको व्यङ्य नेकपाका महासचिव विष्णु पौडेलका प्रति थियो। थापाले नेपाली अर्थव्यवस्था ‘यार’ पुँजीवादी व्यवस्था भएको उल्लेख गर्दै भने, ‘आफ्नो ‘यार’ पोस्नका लागि ल्याइएको विधेयक हो।’ वास्तविक गुठीमा आबद्ध किसानले जग्गा नपाउने उनले दाबी गरे।
काठमाडौं र बाहिरका गुठी संम्बद्धहरुको फरकफरक सन्दर्भ रहेको उनले बताए। किसानका समस्याका बारेमा थप छलफल गर्न आवश्यक रहेको उनले सुझाए। गुठीका विषयमा जनता/जनता भिडाउने कार्य नगर्न सरकारलाई सचेत बनाए। जनता भिडाउने कार्य गर्ने भए सरकारले आन्दोलन दबाउन गृह मन्त्रालयमा छुट्टै कोष बनाउन सुझाव दिए।
सरकारले गुठी भनेकै जग्गा र सम्पति बुझेको प्रति आपत्ति व्यक्त गरे। उनले भने,‘गुठी सम्पति हुँदै होइन। गुठियाको आफ्नै सभ्यता छ। कला संस्कृति बचाइराख्ने रैथाने गुठियार हुन्।’
गुठी विधेयकलाई थप छलफलको आवश्यकता रहेको उल्लेख गर्दै उनले भूमि व्यवस्थामन्त्रीलाई विधेयक फिर्ता गर्न सुझाव दिए। उनले भने, ‘ विधेयक फिर्ता गुर्नुस्। तपाईको नाक कहीँ जाँदैन। सञ्चारमन्त्रीले जस्तै हेयको दृष्टिकोणले गुठीयारलाई बुझे मुडभेडतिर लैजान्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।