खोटाङ- ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको छ।
सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्ने क्रममा श्रेष्ठलाई शुक्राबार अपराह्न खानीमाथिबाट झरेको ढुङ्गाले पुरेको थियो। उद्धार गरी अस्पताल पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको वडा सदस्य अमर श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।