काठमाडौं- नेकपा सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीचको दूरी फराकिलो बन्दै गएकाले वार्ताका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराए।
उनले नेपालको हरेक राजनीतिक परिर्वतनमा उपत्यकाले निर्णायक रोल खेलेको भन्दै सरकार र आन्दोलकारीलाई एकै ठाउँमा बोलाएर वार्ता गर्ने वातावरण बनाउनका लागि हस्तक्षेपकारी भूमिका खेल्न सभामुखको ध्यानाकर्षण गराए।
उनले भने, 'अहिले सरकार र गुठीयारको बीचमा ३६ को आँकडा छ। त्यसका बाबजुत पनि कुरा बुझिएन भनेर दुईटैले गाना चाहिँ एउटै गाइरहेका छन्। 'बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि' सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ। गुठीयारहरु यही गाना गाइरहेका छन्- बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, मसाल त समात्नै पर्यो जुलुशमा हिड्नै पर्यो भनेर।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।