काठमाडौं- नेपाली कांग्रेसले गुठीको जग्गा सुकुम्वासी र किसानका लागि जग्गा बाँड्ने गरी ल्याइएको विधेयक ल्याइएको भन्दै आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर कांग्रेस सांसद लक्ष्मी परियारले सुकुम्वासी र किसानलाई दिने भनिन्छ भने त्यो संस्कृति र सभ्यता मास्ने कार्य हुने टिप्पणी गरिन्। गुठीको जग्गा मान्छेलाई बाँड्न लागिएको भन्दै उनले कांग्रेसलाई सैह्य नहुने बताइन्।
परियारले सरकारको दम्भ बढेको आरोप लगाउँदै भनिन्, ‘दुई तिहाइको शक्ति छ भन्दै फलाममा मुड्की बजार्दा हात भाँचिन्छ।'
संस्कृतिलाई मास्ने गरी गुठी विधेयक ल्याइएको उनले बताइन्। गुठी व्यवस्था आफैंमा सम्पदा र मौलिक भएको उनको तर्क छ। संविधानको मर्मविपरित विधेयक आएको भन्दै सांसद परियारले आपत्ति जनाइन्। उनले भनिन्, ‘गुठी नेपालको प्राण हो। गुठी मासे नेपाल नै रहन्न।’
सरकारले गुठीलाई जग्गासँगै परिभाषित गरेकोप्रति उनले असन्तुष्टि पोखिन्। माइतीघरमा गुठीयारले गरेको आन्दोलनलाई प्रहरीले गरेको दमनको समेत उनले विरोध गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।