काठमाडौं- राजस्थानकी सुमन राव सन् २०१९ को मिस इन्डिया घोषित भएकी छिन्।
शनिबार बेलुका भएकी अन्तिम चरणको प्रतिस्पर्धाबाट राव यस वर्षको मिस इन्डिया बन्न सफल भएकी हुन्। उनलाई २०१८ की मिस इन्डिया अनुक्रिती भासले मिस इन्डियाको ताज पहिराइदिएकी थिइन्।
छत्तीसगढकी सिवानी जाधव मिस ग्रान्ड इन्डिया र स्रेया शंकर मिस इन्डिया युनाइटेड कन्टिनेन्ट घोषित भइन्।
सरदार बल्लभ भाइ पटेल इन्डोर स्टेडियम मुम्बईमा भएको ग्रान्ड फिनाले बलिउडका हस्तिहरुको सहभागिताले थप चमकार बनेको थियो। अन्तिम चरणको सो कार्यक्रममा बलिउड अभिनेत्री कटरिना कैफ र बिक्की कौशलले नृत्य प्रस्तुत गरेका थिए।
निर्देशक करण जोहर र मनिश पौलले सञ्चालन गरेको सो कार्यक्रममा उनीहरुलाई मिस वर्ल्ड २०१७ मानुसी छिल्लरले समेत सघाएकी थिइन्।
हुमा कुरेसी, दिया मिर्जा, नेहा धुपिया, चित्रांगदा सिंहलगायतको समेत उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।