काठमाडौं- पाकिस्तानले भारतमा पुनः आक्रमण हुनसक्ने सूचना दिएको छ। भारतको काश्मीरस्थित पुलवामा पुन आतंकवादी हला हुनसक्ने सूचना पकिस्तानले भारतलाई दिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले दाबी गरेको छ।
सूचनामा काश्मीरको पुलवा जिल्लास्थित अवन्तिपुरामा हमला हुनसक्ने बताइएको छ।
अखबारका अनुसार पाकिस्तानको श्रीनगरका एक वरिष्ठ अधिकारीले पाकिस्तानको तर्फबाट सो जानकारी दिएको पुष्टि भएको लेखेको छ। सो जानकारीका अनुसार आइएडीको कुनै वाहनको सहयोगमा हमला गरिने षड्यन्त्र बुनिएको छ।

यसपछि जम्मु-काश्मीर राज्यमा 'हाई अलर्ट' जारी गरिएको छ भने सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ।
गत फेब्रुअरीमा पुलवामै सिआरपिएफका जवान सवार वाहनमा कार ठोक्काएर आत्मघाती आक्रमण गरिएको थियो। सो हमलामा ४० जवानको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।