काठमाडौं– तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ५ मतले पछि परेका कारण हालेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले पुष १९ गते सबै विपक्षीलाई बोलाएको छ।
सो क्षेत्रमा माओवादी केन्द्रकी आशा कोइरालाले पौडेललाई ५ मतले पराजित गरेकी थिइन्।
सर्वोच्चले बिहीबार पौडेलले दर्ता गरेको रिटमा पहिलो सुनुवाई गर्दै अर्को छलफलमा बोलाएको हो।
पौडेलको रिटमा कोइरालाको सपथ रोक्न माग गरिएको थियो। तर सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र निर्णय गर्न उपयुक्त हुने भन्दै छलफलमा बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।