काठमाडौं– पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बनाउन माग गर्दै जातीय पार्टी निर्माण गरेका मध्ये विभाजन भई अलग रुपमा सक्रिय रहेका कुमार लिङदेनको पार्टीले प्रदेश १ मा समानुपातिकतर्फ १ सिट प्राप्त गरेको छ।
लिङ्देनको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशतर्फको थ्रेसहोल्ड १ दशमलब ५ प्रतिशत कटाउँदै १ सिट पाएको हो। प्रदेश १ मा समानुपातिकतर्फ ३७ सिट छ। जसमा एमालेले १५, नेपाली कांग्रेसले १३ र माओवादी केन्द्रले ५, संघीय समाजवादी फोरमले २ र राप्रपाले १ सिट पाएका छन्।
त्यस्सैगरी संघीय समाजवादीबाट अलग भएका पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले प्रदेश २ मा १ सिट पाएको छ। उपेन्द्र यादवसँग अलग भएको पार्टीले १ दशमलब ५ प्रतिशत थ्रेस होल्ड पार गर्दै एक जना सांसद पाएको हो। उक्त प्रदेशमा कांग्रेसले ११, राजपाले १०, संघीय समाजवादीले ९, एमालेले ७ र माओवादी केन्द्रले ५ सिट पाएका छन्। प्रदेश २ मा समानुपातिकतर्फ ४३ सिट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।