कान्दाहार, अफगानिस्तान- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ।
विस्फोटमा परी ८ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ।
अपहरण गरिएको सैनिक भ्यानमा बिहीबार राति तालिवान आतङ्ककारी समूहले विस्फोटक पदार्थ राखी विस्फोटन गराएको थियो। प्रहरीका अनुसार सुरक्षा अधिकारीका विरुद्धको आक्रमणमा तालिवान आतङ्ककारी समूहले अपहरण गरेको सैनिक सवारी साधनको प्रयोग गर्दै आएका छन्।
प्रहरीका अनुसार गत दुई महिनायता तालिवान आतङ्ककारी समूहले ५ भन्दा बढी अपहरण गरिएका सैनिक सवारीको प्रयोग गर्दै आएका छन्। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। तर यसअघि यस प्रकारको आक्रमणहरुको प्रायः तालिवान आतङ्ककारी समूहले जिम्मा लिने गरेका थिए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।