फाइल तस्बिर।
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद्मा पेस गरेको गुठीसम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिउका छन्।
सभापति देउवाले नेपालको सस्कृति, सभ्यता र संस्कारसँग प्रत्यक्ष जोडिएको सो विधेयकविरुद्ध जनता स्वतस्फुर्त रुपमा सडकमा उत्रेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि त्यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसक्ने स्पष्ट पारे।
नेपाल सांस्कृतिक संघले शुक्रबार हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोग विधेयक पनि सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याएको भन्दै मान्य नहुने पार्टीको अडान दोहोर्याए।
सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकाले आफ्नो पार्टीले विरोध गरिरहनु परेको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।