काठमाडौं– पत्रकार गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार–२’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा देवेन्द्र अधिकारीले स्वर दिएका छन्। विकास पाण्डेले संगीत दिएको गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन्।
गीतमा डान्स ग्रुप भीमफेदी गाइज फिचर भएका छन्।
गीतको म्युजिक भिडियो समसामयिक नेपाली परिवेशमाथि केन्द्रित गरी तयार पारिएको छ। भिडियोमा पछिल्लो समय विचौलिया हावी हुँदै गएको र गरिब, दुःखी जनता मारमा परेको विषयलाई जोड दिइएको छ। निर्देशक निर्मल लामाले सरकार पनि जनताको पक्षमा उभिन नसकेको गीतको शब्दलाई कलात्मक तवरले प्रस्तुत गरेका छन्।
गीतमा सिंहदरबार निदाएको त होइन भन्दै प्रश्न गरिएको छ।
म्युजिक भिडियोको अन्त्यमा गीत पूरा नसकिँदै बिट मारिएको छ। जनताको आवाज दबाउन सरकारले हस्तक्षप गरेको भन्दै सोही विषयलाई प्रतिकात्मक शैलीमा देखाउन सो दृश्य राखिएको गीतकार गिरिजाले बताए।
भिडियोको छायाँकन पवन शुसलिङले गरेका हुन्।
यसअघि पुष्पन प्रधानको स्वरमा अधिकारीकै शब्द, पाण्डेको संगीत र लामाको निर्देशनमा ‘ए सरकार’को म्युजिक भिडियो सार्वजनिक भइसकेको छ।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।