काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।
पूर्व शिक्षामन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो। बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए। हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा आज बिहान चितवनको माडीमा निधन भएको हो।
अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।