काठमाडौं- पोर्नस्टार हुँदै बलिउडमा नायिकाको रुपमा इन्ट्री गरेकी सन्नी लियोनीले नेपाली चलचित्रमा समेत पाइला चालेकी छिन्। हालै मात्रै सार्वजनिक चलचित्र 'पासवर्ड'को आइटम गीतमा सन्नी फिचर भएकी हुन्।
कामुक अवतारमा पर्दामा देखिने गरेकी लियोनी 'आजको शाम' बोलको गीतमा पनि सोही अन्दाजमा देखिएकी छिन्।
अहिलेका व्यस्त र सफल संगीतकार अर्जुन पोखरेलले संगीत गरेको यस गीतमा दुर्गा खरेलले आवाज दिएकी छिन्। गीत विक्रम जोशीले लेखेका हुन्। महाराज थापाको संगीत संयोजनले आइटम गीतको गरिमालाई कायम राखेको भान हुन्छ।
कोरियोग्राफर विष्णु दिवा सिन्दिआजले सन्नीलाई गीतमा फिट देखाउन भरपुर मेहनत गरेका छन्। कोरियोग्राफीमा देख्न सकिने बि-बोइङ तथा विदेशी कोरसले गर्दा पनि गीतलाई भव्य बनाउन मदत पुगेको छ। त्यसमाथि संगीतसँगै प्रकाशको संयोजन पनि गीतलाई सुहाउने किसिमको लाग्छ।
फिल्ममा सन्नीसँगै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा र प्रविण खतिवडालगायतका कलाकारले अभिनय गरेका छन्। सम्राट बस्नेतको निर्देशन रहेको 'पासवर्ड'मा अमित बस्नेत र हिराल जोशीको लगानी रहेको छ।
फिल्म भदौ २७ मा रिलिज हुँदैछ।
भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।